उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएको थप एक जना कोशी कोरोना विशेष अस्पतालबाटडिस्चार्ज भएको छ । डिस्चार्ज हुनेमा त्रियुगा नगरपालिका ३ भुल्केका ४३ वर्षिय हसिना खातुन रहेका छन् । उनी बैशाख २७ गते संक्रमित पुष्टी भएर कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराईरहेकी थिईन् । त्रियुगा जनता बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा बस्नेको संख्या वृद्धि भएपछि उनलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर पठाईएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।
उनको श्रीमान अलिजान मिया यसअघि नै अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । उदयपुरका कोरोना संक्रमितबाट डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ । डिस्चार्ज हुने सवै त्रियुगा नगरपालिकाका कोरोना संक्रमित हुन् ।
हाल पछिल्लो चरणमा बेलका नगरपालिका र त्रियुगा नगरपालिकामा २–२ जना, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा १–१ जना गरी ७ जनाको कोशी कोरोना विशेष अस्पताल र पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँमा उपचार भईरहेका छन् ।

तपाईको प्रतिक्रिया