उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिका ७ बाघखोरमा विहिबार साँझ ५ बजे ट्याक्टर दुर्घटनामा एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ । भने ट्याक्टर दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।
गाईघाटबाट नेपालटार तर्फ विभिन्न सामान (जस्ता, डिजेल, सावुन) बोकी गईरहेको स.१त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका ६ का ९ वर्षिय विविषा पाण्डेको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । सोही ट्याक्टरमा सवार सोही ठाउँका ४० वर्षिय सर्मिला तामाङ सामान्य घाईते भएको एसपी मगरले जानकारी दिए ।
ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।









