राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ३ जम्दह कुपगैरीबाट भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा र बारुदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ३ जम्दह कुपगैरीका ६९ वर्षीय कुलबहादुर पूर्वछाने र ६२ वर्षीय तिलकबहादुर थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दुवै जना जम्दह कुपगैरीबाटै भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा र बारुदसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए ।









