राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका वडा नं.९ चोहर्वा स्थित मारुती सिमेन्ट फ्याक्ट्रीको प्लान्टबाट खसेर एक मजदुरको मृत्यु भएको छ । मारुती सिमेन्ट कारखानाको नयाँ बन्दै गरेको प्लान्टबाट खसेर भारतको गुवाहाटीका महर अलीको मृत्यु भउको छ ।
अलीको मारुती सिमेन्टमा बन्दै गरेको ४० फिट अग्लो नयाँ प्लान्टको प्रि–हिटरबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते अलीको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया