उदयपुर । जिल्लाको बेलका नगरपालिका १ आम्बासी झाक्री टोलमा एक जनालाई करेन्ट लागेर मृत्यु भएको छ । आम्बासीका स्थानीय ५१ बर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
शनिबार बिहान ११ बजे आफ्नै घरमा लाईनको प्लग जोड्ने क्रममा एक्कासी तामाङलाई करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरले जानकारी दिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया