उदयपुर । जिल्लाको  बेलका नगरपालिका ८ सेतीखोलामा शुक्रबार विहान करिव ९ः४५ बजे भएको को.२ त ९१५२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी ट्याक्टरमा सबार बेलका नगरपालिका ८ का अन्दाजी ३१ वर्षिय इन्द्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरले जानकारी दिए ।
ट्याक्टर रामपुरको भिमफेदीबाट सेतीखोला नदीजन्य पदार्थ लिन जाँदै गरेको अवस्थामा सेतीखोला पुल छेउमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया