उदयपुर । उदयपुरमा पछिल्लो समय बलात्कारको घटना बढ्दो रुपमा देखा परेको छ । जिल्लामा छुट्टाछुट्टै स्थानामा जबरजस्ती करणीको अपराधमा तीन आरोपी पक्राउ परेको छ ।
त्रियुगा नगरपालिका ८ चुहाडेमा गत जेष्ठ २० गते २ बजेको समयमा एक ६ वर्षिय बालिकालाई जबरजस्ती करणीको प्रयास भएको छ । जबरजस्ती करणीको प्रयासमा सोही वडाका ३६ वर्षिय एक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै कटारी नगरपालिका ७ मा गत जेष्ठ १८ गते राति एक १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही वडाका १७ वर्षिय अनिल दनुवार पक्राउ परेको छ । उनलाई इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।
यस्तै जेष्ठ २० गते विहान ८ बजेको समयमा चौदण्डीगढी नगरपालिका वडा नं. १० खैराझोडा बस्ने बर्ष ४५ को पर्वत अधिकारीले एक १० वर्षिय बालिकालाई जबरजस्ती गरेको आरोपमा पक्राउ परेको छ । उनले बालिकालाई आफ्नै घरभित्र लगि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ । अधिकारीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ ।

तपाईको प्रतिक्रिया