राजेन्द्र महतो, लहान । सिरहामा थप ११ जनामा कोरोना पुष्टी भएको छ ।
लहानमा नगरपालिका स्थित जेएस मुरारका क्याम्पसको क्वाराइनटाइनमा ३ जना , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताएका छ्न।
धनगढीमाई नगरपालिका वडा नं. १ र ११ का २ जना पुरुषको कोरोना पोजेटिभ रहेका छन।
लहान नगरपालिका वडा नं. १ मा एक जनाा, वडा नं. १७ मा एक जना, वडा नं. २० मा एक जना, वडा नं. २२ मा चार जना र वडा नं. २३ मा एक जना गरी ८ जनामा कोरोना संक्रमण देखा परेको छ ।
संक्रमित सवै भारतबाट आएको पुरुष हरु रहेको जिल्ला स्वास्थ्य कार्यालय ले बताएका छ्न ।
कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यो संगै सिरहामा कोरोना भाइरस संक्रमित संख्या २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया