उदयपुर — उदयपुरमा लकडाउन उल्लंघन गरेको आरोपमा दुई युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ ।
अवैध रुपमा सुर्ती ल्याउँदै गर्दा चेकजाँचको क्रममा प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका १२ गाईघाट बजारका स्थानीय ३० वर्षिय सुरेन्द्र गुप्ता र ३२ वर्षिय राकेश साह पक्राउ परेको थियो ।
उनीहरुले सवारी पास नलिई अवैध रुपमा सुर्ती ल्याएको आरोपमा प्रहरीले लकडाउन उल्लघनको मुद्दा दर्ता गरेको हो । उनीहरुलाई दुई दिन पहिले मंगलबार अवैध रुपमा सुर्ती ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।
स ८ प ९७२६ र बा ४० प ८०५३ नम्बरको मोटरसाइकलमा सिरहाबाट दुई बोरा सुर्ती ल्याउँदै गरेको अवस्थामा ती दुई युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनीहरुविरुद्ध ‘लकडाउन उल्लंघन’ शीर्षकमा जिल्ला पशासन कार्यालयमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताए । पक्राउ गरिएका गुप्ता र साहको षियमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार नै मुद्दा हेर्ने अधिकारी (प्रमुख जिल्ला अधिकारी) समक्ष उपस्थित गराई प्रहरीले थुनामा राखेको छ । पक्राउ गरिएका गुप्ता र साहलाई ‘संक्रामक रोग ऐन २०२०’ अन्र्तगत मुद्दा दर्ता गरिएको हो ।
स्रोतका अनुसार लकडाउनमा पनि खाद्यन्न सामग्रीको गाडीमै पटक पटक सूर्तिजन्य पदार्थ र पान पराग, गुटखा लगायतका मध्यपान धुम्रापानका सामग्रीहरु भित्रिएपनि प्रहरी प्रशासन मौन रहेको बताए । उनका अनुसार एक हप्ता अगाडी मात्रै करिव १२ लाख मूल्य बराबरको गुटखा भित्रिएको उनले नागरिक बहस अनलाइनलाई जानकारी दिए ।









