उदयपुर । सप्तरीमा विहिबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या २९ पुगेको छ ।
संक्रमित सवै बोदेवर्साइन नगरपालिकाका हुन् ।
भारतले रेल र बस सेवा संचालन गरेपछि उनीहरु केही दिनअघि मात्रै घर आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार बुधबार मात्रै बोदेबरसाइन नगरपालिकाका ८ जना,बलान बिहुल गाउँपालिकाका २ जना र सुरुङ्गा नगरपालिकाका १ जनामा संक्रमण देखिएको थियो । त्यसमा एक जना सुरक्षाकर्मी रहेको छ ।
सप्तरीमा अहिले पनि करिव २३ सय भन्दा बढी मानिस भारतबाट आएकाहरु क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई अनिवार्य पिसिआर चेकजाँच गराउनु पर्ने छ भने भारतबाट आउने क्रम रोकिएको छैन् ।
जिल्लामा क्वारेन्टाइनको अभाव भएको निमित्त प्रमुख यादवले जानकारी दिए । उनका अनुसार सप्तरीको सवै नगरपालिका गाउँपालिकाको वडामा क्वारेन्टाइन निर्माण गरिएको छ । तर पनि क्वारेन्टाइनको अभाव भएको उनले बताए ।









