राजेन्द्र महतो, लहान । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
बुधबार प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभएको हो । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी अहिले सेल्फ क्वारेन्टाइनमा बस्न बसेको प्रजिअ गुरागाईंले जानकारी दिए ।
आज विहिबार थप ६ जनामा पनि संक्रमण देखा परेको छ । संक्रमित बरियारपट्टी गाउँपालिकाका ५ जना र लक्ष्मीपुरपतारी गाउँपालिकाका १ जना गरी ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । सिरहामा कोरोना संक्रमितको संखया १४ पुगेको छ ।
सम्बन्धित समाचार
सिरहामा थप ५ जनामा कोरोना संक्रमण देखियो

तपाईको प्रतिक्रिया