उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका वडा न. ५ दमौटी जंगलबाट लागुऔषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा न. ११ का ३९ वर्षिय सौरभ कार्की र सोही वडाका ३२ बर्षिय प्रबिस कुमार साह रहेको प्रहरीले जनाएको छ ।
सिरहाबाट गाईघाट तर्फ आउँदै गरेको अबस्थामा स १० प २१९१ नम्बरको मोटरसाइकल सहित लागुऔषध डाइलेक्स डि.सि ६ बोतल सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको थियो ।
उनीहरुमाथि लागुऔषध मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।









