भोजपुर । जिल्लाको रामप्रसाद राई गाउँपालिका ३ भुल्केका एक ३५ वर्षिय युवालाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ ।
१५ दिन अगाडि सुनसरीको दुहबीबाट आएका युवा वडा कार्यालयको क्वारेन्टाइनमा बस्दै आएकोमा आरडिटी पोजेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिईन् ।
क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपछि बुधबार दुई पटक आरडिटी टेष्ट गर्दा दुवै पटक रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका युवाकोे स्वाब संकलनका लागि जिल्ला अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ जान लागेको थापाले बताए ।

तपाईको प्रतिक्रिया