उदयपुर । नेपालमै पहिलोपल्ट बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउँदै आएको सिल ४० दिनपछि बुधवारबाट हटाएको छ ।
गत वैशाख ५ गते भुल्के स्थित नुरी मस्जितमा बस्दै आएका १२ जना जमातिमा कोरोना पोजिटिभ देखिएपछि १ नम्बर प्रदेश सरकारले भुल्के क्षेत्र कोरोनाको ’इपिसेन्टर’ बनेको भन्दै स्थानीय प्रशासनलाई सिल गर्न आदेश दिएको थियो ।
स्थानीय प्रशासनले लगाउँदै आएको सिल बुधवारबाट हटाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार अहिलेसम्म सङ्क्रमितका परिवार र उनीहरुसँग सम्पर्कमा रहेका मुस्लिम समुदाय र अन्य समुदायमा गरी भुल्के क्षेत्रका ५ सय ८२ जनाको पिसिआर परिक्षण गरिएको छ । यसरी लगातार तेश्रो पटकसम्म पिसिआर परिक्षण गरिदा ३२ जना बाहेक अरु पाँच सय ५० जनाको रिपोट नेगेटिभ आएको तथा कोरोना पोजेटिभ पाइएकाहरु मध्ये पनि २४ जना निको भएर घर फर्कि सकेको र अन्य आठ जनाको पनि स्वास्थ्य स्थिति सामान्य रहेको हुदा अबको केहि दिनमै घर आउन सक्ने भएकोले भुल्के गाउँलाई केहि दिन भित्रै कोरोनामुक्त घोषणा गरिने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुबेदीले बताउँछन । समाचार संकलनका लाग त्यहाँ पुगेका एक जना पत्रकारलाई समेत कोरोना संक्रमण भएको थियो । भुल्केका ३२ जना मुस्लिम समुदाय र १ पत्रकार गरि ३३ जना संक्रमित भएको थियो ।
सिल गरिएको भुल्केका ३ सय १५ घर परिवारका एक हजार पाँच सय स्थानीयबासी बैशाख ५ गते देखि अहिलेसम्म संक्रमित क्षेत्र भुल्केबासी आप्mनो घर आँगनबाट अन्यत्र चल्न चटपटाउन समेत नदिएर र गाउँको चारैतर्फ सुरक्षा घेरामा राखिएकोमा अब समुदायमा कोरोना सङ्क्रमण नियन्त्रण हुदै गएको पाइएपछि बुधवारबाट त्यहाँको जनजीवन सहज तुल्याउन सिल खोलिएको हो
संक्रमित क्षेत्र नेपाली सेनाको १८ नं बाहिनि अड्डा नजिकै करिब पाँच सय मिटरको दुरीमा छ । आउजाउका हिसाबले नजिकको बस्ति रहेकोले त्यहाँस्थित सैनिक अड्डा समेत उच्च जोखिममा छ कि भन्ने आसङ्का गरिएको थियो । तर अहिले त्यस्तो कुनै आशङ्का नरहेको र समग्र भुल्के क्षेत्रको जनजीवन पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कि रहेको सो बाहिनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
स्वास्थ्यकर्मि, स्थानीय प्रशासन, त्रियुगा नगरपालिका, राजनैतिक दल तथा विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, सङ्क्रमित र उनीहरुका परिवार तथा सञ्चारकर्मिहरुको समेत सामुहिक प्रयासबाट लक डाउनको पूर्ण पालना एवम् सुरक्षा विधिहरुको पालना गरीएकोले उदयपुरमा कोरोना भाइरस नियन्त्रणमा सहज भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताए ।
कोरोना अस्पताल बिराटनगरमा उपचार गरी निको भएर एक साता अघि नै आएका तर मोतिगडास्थित त्रियुगा जनता बहुमुखि क्याम्पसको क्वारेन्टाइनमा बस्दै भएका ५५ वर्षिया रौसना खातुन, ४१ वर्षिय मुफतर मियाँ, १८ वर्षिय इमरान आलम, १८ वर्षिय पर्वेज आलम र ,२० वर्षिय आजाद आलम लगायत २५ जनालाई पूmलमाला सहित बिदाई गर्दै घर पठाएको स्वास्थ्य प्रमुख सुवेदीले बुधवारबाट उदयपुरबासीको जनजीवनमा खुसियालीसँगै नयाँ उत्साह आएको बताए ।
बिदाईपछि घर जानेहरुलाई घरमा गएर पनि सामाजिक दुरी कायम गर्न, सेनिटाइजर, मास्क लगायतका सुरक्षा विधिहरु अपनाउन र सरकारले गरेको लक डाउनको पूर्ण रुपले पालना गर्न अनुरोध गरेका थिए । नोबेल कोरोना भाईरसको हटस्पट बनेको भुल्के क्षेत्र बैशाख ५ गतेदेखि सिल गरिएपछि त्यहाँको जनजीवन कष्टकर बन्दै आएको थियो ।
उदयपुरका संक्रमित ३३ मध्ये २७ जना डिस्चार्ज भएका छन भने एक पत्रकार राकेश नेपाली सहित ६ जनाको उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया