उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ६५ वर्षिय महिलासहित चार जना कोशी कोरोना विशेष अस्पतालबाट कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
कोरोना निको हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
कोरोना निको हुनेमा ६५ वर्षिय सविरण खातुन, जुवेदा खातुन, मदो खातुन र अलिजान मिया रहेका छन् ।
सविरण खातुन र जुवेदा खातुन आमा छोरी हुन भने उनको १८ वर्षिय नातिनी र ४० वर्षिय ज्वाईको अझै पनि अस्पतालमा उपचार भईरहेको छ । यस अघि छोरा साविर मिया, नाति इमरान अहमद र परवेज आलम डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
मदो खातुन सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका हुन् । उनी र उनका छोरो गुडु मिया पाहुना आएको समयमा संक्रमित भएका हुन् । गुडु मिया यसअघि नै डिस्चार्ज भएका छन् ।
यस्तै अलिजान मिया डिस्चार्ज भएपनि उनको श्रीमतिको अझै पनि कोशी कोरोना विषेश अस्पतालमा उपचार भईरहेको छ ।
उदयपुरका संक्रमित ३३ मध्ये २७ जना डिस्चार्ज भएका छन भने पत्रकार राकेश नेपाली सहित ६ जनाको उपचार भईरहेको छ ।









