राजेन्द्र महतो, लहान । सिरहाका एक पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको छ । जिल्लाको सिरहा नगरपालिका माडर स्थित ब्रजमोहन झबुराम जनता माध्यमिक विद्यालयमा नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा रिर्पोटिङमा पुगेका न्यूज २४ का पत्रकार दिलिपकुमार सहनीलाई ज्यान मार्ने धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ सिरहाले विज्ञप्तीमार्फत घोर भत्र्सना गरेको छ । क्वाइरेन्टाइनको अवस्था बारे जानकारी लिन पुगेका पत्रकार सहनीलाई स्थानीय स्वंसेवक सोभित यादव र उनका साथमा आएका नागमणि यादवले गालीगलौज गर्दै दुव्र्यवहार गरेको महासंघका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
क्वारेन्टाइनबाट मान्छे भागेको हल्ला चलेपछि बुझन जाँदा पत्रकार सहनीलाई उनीहरुले यहाँ आउने तिमी को हौ ? भन्दै दुव्र्यवहार गरेका छन् । उनीहरु उत्तेजित हुँदै गालीगलौज गर्दै ज्यान मारेर बोर्डरमा फाल्दिन्छु, लासको सनाखत पनि हुँदैन भन्दै त्रासपूर्ण धम्की दिँदै पत्रकार सहनीलाई नजिक रहेको बोर्डरतर्फ लैजान खोजेको विज्ञप्तीमा जनाएको छ ।
जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने कार्य निन्दनीय रहेको भन्दै दुव्र्यवहार गरी ज्यान मार्ने धम्की दिने दोषीमाथि कडा कारबाही गर्न पत्रकार महासंघ जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया