उदयपुर – पाँच दिनयता हराईरहेका उदयपुर त्रियुगा नगरपालिका – १२ पुरानो गाईघाट घर भएका एक शिक्षक मंगलबार मृत अवस्थामा भेटिएका छन ।

तस्विर : जिल्ला प्रहरी कार्यालय उदयपुरको फेसबुकबाट

स्थानीय ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका – १३ स्थित भुसुने सामुदायिक वन क्षेत्रको रुखमा झुण्डिर मृत अवस्थामा भेटिएको प्रहरी उपरिक्षक बिरबहादुर बुढामगुले वताए । करमको रुखमा भोर्लाको लहराले घाटीमा पासो लगाई झुण्डि मृत्त अवस्थामा श्रेष्ठ भेटिएको उनले वताए ।
खोटाङको दिप्रुङ चुईचुमा गाउँपालिका वडा न ४ वतासे वालिङ्खा विद्यालयको प्रधानाध्यापक समेत रहेका श्रेष्ठ ५ दिन पहिले हराएका थिए । विद्यालय जानका लागि झोला समेत तयारी गरिसकेका श्रेष्ठ हापपाइन्ट किन्न भनेर बजार गएका थिए । ५ सय रुपैया बोकेर हापपाईन्ट किन्न गाईघाट बजार जान्छु भनेर हिडेका उनी नफर्किएपछि खोजी भएका थिए ।
लकडाउन अगावै श्रेष्ठ विद्यालयलाई आवश्यक पर्ने जस्तापाता लगायत निर्माण सामाग्री खरिद गर्ने भन्दै घर आएका थिए । तर, लकडाउनका कारण उनी घरमै रोकिएको प्रहरीले जनाएको छ । श्रेष्ठको बिद्यालय निर्माण कार्य भईरहेको छ । श्रेष्ठको बिषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया