काठमाडौं । पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । २९ बैशाख देखि ११ जेठसम्मको अवधिमा कोरोना संक्रमितको दर उच्च रहेको छ ।
दुई साताको अवधिमा ५ सय २ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएदेखि २८ बैशाखसम्म १ सय १२ रहेको थियो भने गत ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ पुग्यो । गत २९ बैशाख २३, ३० बैशाख ८३, ३१ बैशाख २६, १ जेष्ठ ६, २ जेष्ठ १८, ३ जेष्ठ १४ र ४ जेष्ठ १३ गरी १ सय ८३ थपिएका थिए ।

त्यसपछि गत ५ जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया