उदयपुर । जिल्लाको बेलका नगरपालिका २ बानडाँडामा लागूऔषध सहित दुई युवक बुधबार पक्राउ परेको छ । बेलका नगरपालिका ९ का २३ वर्षिय विष्णु भन्ने मातृका सापकोटा र सोही वडाका २५ वर्षिय सविन खड्कालाई लागूऔषध सहित पक्राउ परेको हो ।
बेलकाको भागलपुरबाट रामपुर तर्फ आउँदै गरेको प्र १–०२–०४१ प ११८ नम्बरको मोटरसाइकललाई प्रहरी चेकजाँच गर्दा उनीहरुको साथबाट लुपिजेसिक ६ एम्पुल, फेनागन ६ एम्पुल र डाजेल्याब ४ एम्पुल, डाजेल्याब २ ( फुटेको) एम्पुल र १० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।
मोटरसाईकल सहित उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया