उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।  गाईघाटमा पत्रकारिता गर्दै आएका २५ वर्षिय युवकमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

उनलाई शनिबार उपचारको लागि कोशी कोरोना विशेष अस्पताल विराटनगर लगिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए ।

यस्तै एक जनाको क्रम म्याचको लागि विपी कोइराला प्रतिष्ठान धरान पठाइएको सुवेदीले जानकारी दिए ।

गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब लिइएको थियो। यसअघि उदयपुरकै भुल्केमा ३२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।

तपाईको प्रतिक्रिया