उदयपुर । प्रेस संगठन उदयपुरले जिल्लाका ५७ जना सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना प्रभावित क्षेत्रमा गएर रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि १ थान प्रेस लेखेको टिसर्ट, १५ थान माक्स, २ थान सेनिटाईजर, १ थान चस्मा, १० जोर ग्लोब्स,१ थान क्यापटोपी र १ थान परिचय पत्र झुन्ड्याउने कार्ड होल्डर बितरण गरेको संयोजक गणेश उप्रेतिले बताए ।
प्रभावित क्षेत्रमा समेत पुगेर नियमित रिपोर्टिङ गर्नु पर्ने भएकोले उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सामग्रीहर वितरण गरिएको जानकारी दिए । कोरोना संक्रमित क्षेत्रमा रहेका काम गर्नु पर्ने भएकोले क्रियाशिल पत्रकारहरुको स्वास्थ्य बिमाको व्यवस्था गर्न उनीहरुले माग गर्दै आएका छन् । जोखिम युक्त स्थान स्वास्थ्य सामाग्री बिना नै अग्रमोर्चामा रहेर काम गर्नु पर्ने भएकाले संगठनले अग्रमोर्चामा खटिने क्रियासिल पत्रकारलाई सुरक्षा सामाग्री दिएको संयोजक उप्रेतीको भनाई रहेको छ ।
सुरक्षा सामाग्री बितरण कार्यक्रममा सहभागीहरुले जोखिम क्षेत्रमा गएर रिर्पोट गर्नु पर्ने भएकाले पयाप्त सुरक्षा सामाग्री र स्वास्थ्य बिमाको माग गरेका थिए । उनीहरुले जोखिम क्षेत्रमा खटिने स्वास्थ्यकर्मि, सुरक्षाकर्मिले अतिरिक्त जोखिम भन्दा पाउँदा आफुहरुले भने सामान्य सुरक्षाको सामाग्री समेत नपाएको गुनासो पोखे । संगठनले बितरण गरिएको स्वास्थ्य सुरक्षा सामाग्री अग्रमोर्चामा खटिने प्रेस संगठन र नेपाल प्रेस युनियनका पत्रकारहरुलाई दिएको बताए ।
संगठनले आफनो नियमित कार्यको अलावा जोखिममा परेको पत्रकारहरुलाई सानो भए पनि सहयोग गर्न खोजीएको सह संयोजक सुपराज राईले बताए । आर्थिक रुपमा कमजोर रहेको संगठनले उधारोमा भए पनि सामान खरिद गरि अग्रमोर्चामा खटिनेलाई सहयोग गरेको संयोजक उप्रेतीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया