राजेन्द्र महतो, लहान । नेपाल पत्रकार महासंघ सिरहाले प्रेस विज्ञप्ति जारि गर्दै सेनाको टोलीले पत्रकार माथि कुटपिट गरेको घटनाको निन्दा गरेको छ । पत्रकार महासंघ सिरहाका सदस्य तथा नवजागृती साप्ताहिकका पत्रकार बद्रि नारायण यादवमाथि सेनाले कुटपिट गरेको भन्दै दाषिमाथि कारवाहिको माग गरिएको छ ।सिरहा गरपालिका १ स्थित चन्द्र मा।बि। को दक्षिण सडकमा सेनाले लकडाउन प्रभावकारि बनाउन खटिरहेको समाचार संकलन गर्दै फोटो खिचिरहेका पत्रकार सेनाको कमाण्डरले संकेत गरेपछि कुटपिट भएको विज्ञप्तिमा उल्लेख छ । सेनाको कुटाईबाट पत्रकार यादब घाईते भएका छन् । उनको पिठ्युभरि निलडाम लागेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारको परिचयपत्र देखाउदा देखाउदै सेनाको फोटो किन खिचेको भन्दै पाईपले कुटपिट गरेको घाईते पत्रकारलाई उदृत महासंघले जनाएको छ ।
महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारसंग घटनाको अनुसन्धान गरि दोषिमाथि कारवाहिको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया