एजेन्सी । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण तीव्र बन्दै गएको भारतमा सोमबार पनि ३६ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।
सोमबार त्यहाँ एकैदिनमा ३ हजार ६०७ नयांँ संक्रमित फेला परेका हुन् । आइतबार भारतमा ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका थिए । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमित संख्या ७० हजार ७६८ पुगेको छ । यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २९४ पुगेको छ ।सोमबार त्यहाँ कोरोनाका कारण ८२ जनाको मृत्यु भएको छ । आइतबार भने १११ जनाको मृत्यु भएको थियो, शनिबार पनि ११६ जनाको ज्यान गएको थियो ।
यसैबीच भारतमा २२ हजार ५४९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४५ हजार ९२५ संक्रमित हाल उपचाररत छन् ।
कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणको उपायस्वरूप लकडाउन जारी राखेको छ । पछिल्लो चरणको लकडाउन मे १७ ९जेठ ४० सम्म पुर्याएको छ ।

तपाईको प्रतिक्रिया