राजेन्द्र महतो, लहान । नेपालमा कोरोना भाइरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको समयमा सिरहाको कल्याणपुर नगरपालिका ४ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको गस्ती टोलीले कल्याणपुर नगरपालिका ४ महुलियाबाट मिर्चैया नगरपालिका ७ फुलबारीयाका २९ वर्षिय फिरोज शेखको साथबाट कोरेक्स ४३ बोतल सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताएका छन् ।
पक्राउ परेकालाई आबश्यक कर्वाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।









