उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक जना महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । शनिबार विहानै तीन जना महिलामा कोरोना संक्रमण देखिएको थियो भने शनिबारै साँझ एक ४३ वर्षिय महिलामा पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।

यसअघि शनिबारै १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको साँझ पुनः १ जना महिलामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमितको आधिकारिक पुष्टी हुन भने बाँकी रहेको छ ।
उदयपुरका एक महिला सहित १४ जना कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएको छ ।

 

तपाईको प्रतिक्रिया