उदयपुर । कोरोना संक्रमणको इपिसेन्टर बनेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमित समयदाय सहित ३ सय ३४ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ । भुल्केमा बैशाख ५ गतेदेखि ९ गतेसम्ममा २८ जनामा संक्रमण देखिएपछि संक्रमित परिवार र नाता आफन्तको दोस्रो पटक स्वाब संकलन गरिएको छ ।
संक्रमित परिवार तथा नाता गोता आफ्न्तमा १ सय ३३ महिला गरी २ सय ३८ जनाको दोस्रो पटक स्वाब संकलन गरिएको छ भने अन्य समुदायको ७० पुरुष गरी ९६ जनाको पनि स्वाब नमूना संकलन गरिएको जिल्ला स्वास्थ्य उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार संक्रमित समुदायबाट २ सय ३८ जना र अन्य समुदायबाबट ९६ जना गरी ३ सय ३४ जनाको स्वाब संकलन गरेर कोशी अस्पताल विराटनगर पठाईएको जानकारी दिए । विश्वव्यापी मान्यता अनुसार संक्रम शरिरमा प्रवेश गरेपछि १४ दिनपछि मात्रै भाइरस देखा पर्ने भएकाले संक्रमित परिवारका सदस्यहरुको साथै अन्यको पनि स्वाब संकलन गरिएको सुवेदीले बताए ।
भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो ।
मस्जिदभन्दा बाहिर पहिलो चरणमा बैशाख ६ गते ६९ को परीक्षण गर्दा ८ जना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातिमा पनि संक्रमण पुष्टि भएको थियो । दोस्रो चरणमा संकलित २ सय ५२ मध्ये थप ३ जनामा देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए । तेस्रो चरणमा ३३ जना मध्ये कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन् । कोरोना संक्रमित २८ जनामध्ये बुधबार कोशी कोरोना विशेष अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज भएकालाई रानी स्थित एक मस्जिद्मा राखिएको छ ।









