राजेन्द्र महतो, लाहान । जिल्लाको सिरहा नगरपालिका २ छोटकीमा चट्याङ लागेर एक भारतीय युवतीको मृत्यु भएको छ । सोमबार दिउँसो चट्याङ लागेर भारत मधुवनी घर भइ छोटकी टोलमा बस्दै आएकी १९ वर्षीय विभा कुमारी रायको मृत्यु भएको हो ।
बारीमा आँप टिप्न गएको समयमा हावाहुरीसँगै आएको चट्याङले राय गम्भीर घाइते भएकी थिईन् । घाइते युवतीको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया