उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १६ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई शुक्रबार पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । वडा कार्यलय र ओरेक नेपाल, उदयपुर शाखाद्धारा २६ घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको त्रियुगा नगरपालिका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताए ।
वडामा जम्मा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेका छन् । शुक्रबार वडाले जाल्पा चिलाउनेको तल्लो भागका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको हो । जाल्पा चिलाउनेको माथील्लो भाग, जाते सिध्रे, आहालेका बाकी १५ जनालाई पछि रातह वितरण गरिने अध्यक्ष राईले बताए । ओरेक नेपालले ३० जना गर्भवति महिला तथा सुत्केरीलाई सहयोग गरेको र बाकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले बताईन् ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भईरस कोभिड–१९ ले सृजना गरेको विषम परिस्थितीमा गर्भवति महिलाहरु वढी प्रभावीत भएको भन्दै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहारसंगै राहत वितरण गरिएको ओरेक नेपालका शाखा उदयपुरको जिल्ला संयोजक मैनालीले बताईन् ।
मैनालीका अनुसार बन्द र लकडाउनले विशेष गरि गर्भवति र सुत्केरी महिलाहरुलाई बढि असर गर्ने भन्दै पोसिलो खानेकुराको कमी नहोस भनि महिलालाई लक्षित गरेर पोसिलो आहार सहितको राहत वितरण गरिएको हो । राहतमा एक जना बराबर २५ केजी चामल, २ केजी दाल, १ केजि चना, १ लिटर तेल, १केजी नुन, ६वटा सावुन, १ प्याकेट सरफ र दुई मिटर सुतीको कपडा वितरण गरेको छ ।
ओरेक नेपालले यसअघि त्रियुगा नगपालिका वडा नम्बर ७, ८ र ९, रौतामाई गाउपालिकाको वडा नम्बर २ र ४, उदयपुरगढी गाउँपालिकाको वडा नम्बर ७ मा राहत वितरण गरिसकेको छ । यसैगरि बेलाका नगरपालीकामा एक सय घरधुरीका गर्भवति तथा सुत्केरी महिलाहरुमा राहत वितरण गर्ने योजना रहेको ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले बताईन् ।

तपाईको प्रतिक्रिया