उदयपुर । बालिका बलात्कारको प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतामाई गाउँपालिका–५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार राति १४ वर्षीया बालिकालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विकले कोठाभित्रै पसेर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । बालिका बलात्कार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकालाई विहिबार म्याद थप गरी घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया