उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसको क्वारेन्टाईनमा रहेका एक युवाले झुण्डिएर आत्माहत्या गरेको छ । आत्मा हत्या गर्नेमा रौतामाई ७ गुराँसे बस्ने बर्ष १८ को सुमन बिक रहेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।
अध्यक्ष खड्काका अनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएको बिकले बिहिबार राति झुण्डिएर आत्मा हत्या गरेको थियो । मंसिरमा प्रेम बिबाह गरेर माघमा काठमाडौं पुगेको बिक लकडाउनको समय फर्किएपछि क्वारेन्टाईनमा राख्नु परेको थियो ।
श्रीमान श्रीमतिलाई एउटै कोठामा राखिदै आएको थियो । राति करिव २ बजे बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सलमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । अहिले पोष्ठमार्टमको लागि उनको शव जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।
उक्त क्वारेन्टाइनमा मृतक र उनका श्रीमति सहित आठ जना थिए । रौतामाई गाउँपालिकाको अन्य चार वटा क्वारेन्टाइनमा गरी ५२ जना रहेका छन् ।









