उदयपुर । मानव समुदाय नै कोरोना भाईरस (कोभिड १९) ले रक्षात्मक अवस्थामा पुगेको बेला समाज सेवी अनुपकुमार सिहले कोरोना ईपिसेन्टरका रुपमा विकास भएको उदयपुरको त्रियुगा नगरपालिकालाई पिपिई सहित स्वास्थ्य सामग्री प्रदान गरेका छन ।
मुलुककै ईपिसेन्टर बनेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि त्रियुगा नगरपालिकालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । उनले बुवा हिमालयकुमार सिहको स्मृतिमा आमा निर्मला राज्य लक्ष्मी देवी सिंह, बुहारी तारा सिंहले स्वास्थ्य सामाग्री त्रियुगा नगरपालिकालाई दिएका हुन । समाज सेवी सिंहले बिरेन्द्र झापालीको समन्वयमा त्रियुगा नगरपालिकालाई १ सय ४० थान पिपिई, १ सय ४० थान सर्जिकल माक्स र सेनिटाईजर ५० थान उपलब्ध गराएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीले जानकारी दिए ।
मुलुककै कोराना भाईरस (कोभिड १९) को हबको रूपमा रहदै आएको त्रियुगा नगरपालिकालाई कोरोना भाईरस (कोभिड १९) नियन्त्रण गर्न स्वास्थ्य सामाग्री अभाब भई रहेको बेला सिंह परिवारको सहयोगले महत्वपूर्ण योगदान पुग्ने मेयरले बताए । हाललाई केही मात्र स्वास्थ सामाग्री उपलब्ध गराएको भएपनि आगामी दिन थप स्वास्थ सामाग्रीहरू सहयोग गर्न सक्ने अनुमकुमार सिंहले जानकारी दिए ।
नगर प्रमुख चौधरीले नगरपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरूले विपदका समयमा केही हदसम्म राहत मिलेको भन्दै सहयोगी मन तथा संस्थालाई धन्यवाद दिएका छन । बिपदको समयमा नगरपालिकामा सहयोग गर्नु हुने सबै संघसस्था तथा ब्यक्तिहरूलाई धन्यवाद दिदै नगरपालिकाले उच्च मुल्याकंन गरिने नगर प्रमुख चौधरीले बताए । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा रहेका एउटै समुदायको २८ जनामा कोरोना पुष्टी भएसंगै त्रसित बेनका स्थानीयबासीलाई स्वास्थ्य परीक्षणमा सहयोग पु¥याउने उद्देश्यले बिभिन्न संघ सस्थाहरूले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया