उदयपुर । काठमाडौंबाट उदयपुर आउँदै गरेको एक बस महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुको घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुने तामाकोशी ३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्मा रहेका छन् ।
लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौदण्डीगढी नगरपालिका आउँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए ।
३५ जना यात्रु सवार सो बसमा घाइते भएका तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्माको उपचार बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना लगतै बसका चालक फरार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया