उदयपुर । लकडाउनको समयमा तास खेल्ने ९ जना बेलाकाबाट पक्राउ परेका छन् । बेलका नगरपालिका–२ र ३ बाट तास खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
लकडाउनको बेला तास खेलीरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले तास र नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बेनपा–२ का ३० बर्षीय सुर्यबहादुर बस्नेतको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३१ बर्षीय सम्राट राई, ५० बर्षीय सिताराम बस्नेत र बराहक्षेत्र नगरपालिका–९ का ४८ बर्षीय गणेश मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ हजार २ सय ९५ रुपैयाँ नगद र १ बुङ तास बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बेनपा– ३ का रामबहादुर माझीको घरमा तास खेलिरहेका घर धनी सहित स्थानीय ३७ बर्षीय दिपक माझी, २४ बर्षीय जसबहादुर माझी, ३० बर्षीय कर्साङ लामा र ३२ बर्षीय राजन माझी पक्राउ परेको प्रहरी जनाएको छ । उनीहरुको साथबाट नगद ४ हजार २ सय २० रुपैयाँ र ३ बुङ तास बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै चौदण्डीगढी नगरपालिका २ मा पनि बैशाख १ गते तास खेलेको आशंकामा ४ जना पक्राउ परेको थियो । पक्राउ परेका चारै जनालाई अव आइन्दा तास नखेल्ने सर्तमा छोडिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज बुद्धिराम चौलागाइँले जानकारी दिए । उनका अनुसार कोरोना त्रासको समयमा सरकारले नै सामान्य प्रकृतिको अपराधिलाई नियन्त्रणमा नलिने गरेको निर्णय बमोजिम नै उनीहरुलाई छोडिएको बताए ।

तपाईको प्रतिक्रिया