काठमाडौं । धादिङ ज्वालामुखी गाउककँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।
विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ । नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजिकार्य भैरहेको छ ।
फागुन २० मै नेपाल आएका उनलाई चैत २–३ गते नै ज्वरो आएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए। उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए । स्थानीयहरुले गुनासो गरे पछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर सफाई दिएका थिए । वडाध्यक्ष श्रेष्ठले आफूहरुसँग त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएको बताएका छन् ।
ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरु पनि लकडाउन पछि घरै गएका छन् ।
प्रदेशबाट द्रुत परिक्षणका लागि प्राप्त ३ सय किटहरु मध्ये जिल्लामा रुवीभ्याली, खनियावास, थाक्रें र सिद्धलेकबाहेक अन्य सबै स्थानीय तहमा परिक्षण आरम्भ गरिएको छ ।

तपाईको प्रतिक्रिया