उदयपुर । त्रियुगा नगरपालिका– ११ सिद्धार्थका दैनिक ज्याला मजदुरी गरि खाने समुहलाई स्थानीय मनोज मासु पसलले आईतवार राहतसँगसँगै कुखुराको अण्डा समेत उपलब्ध गराएको छ ।
लक डाउनले असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परेको भन्दै त्रियुगा नगरपालिकाले बिभिन्न वडामा राहत बितरण गरि रहेको अवस्थामा सिद्धार्थ टोल बिकास सँस्थाले बितरण गरेको राहत सामाग्रीमा मनोज मासु पसलका मनोज गामीले निःशुल्क रुपमा १ काटुन अण्डा (२१० वटा) प्रति परिवार ६ वटाका दरले ३५ घर परिवारलाई उपलब्ध गराएको मनोज गामीले जानकारी दिए ।
लक डाउनबाट प्रभाबितहरुलाई त्रियुगा नगरपालिकाले अति बिपन्न र दैनिक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्ने घरपरिवारलाई धमाधम राहत वितरण गर्ने क्रममा सिद्धार्थ टोलमा पनि तीन चरणमा गरि ९३ घर परिवारलाई राहत उपलब्ध गराएको सिद्धार्थ टोल बिकास संस्थाका अध्यक्ष अमित तामाङले जानकारी दिए । राहत बितरणका निम्ति टोल बिकास संस्थाले गरेको सिफारिसमा परेको घर परिवारलाई प्रति व्यक्ति १० केजी चामल, १ किलोग्राम दाल, १ किलोग्राम नुन, ५ सय मिलिलिटर खाने तेल, ६ वटा अण्डा बितरण गरिएको तामाङले बताए ।









