राजेन्द्र महत्तो, लहान । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सिरहाका विभिन्न सिमाना नाकामा सशस्त्र प्रहरी बलले पैदल गस्ती परिचालन गरेको छ ।
सीमावर्ती भारतीय सहर पटना क्षेत्रमा १ जना कोरोना संक्रमित फेला परेपछि सिरहा जिल्लाको साना ठूला सबै नाका सिल गरी निगरानी बढाएको हो । खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा प्रहरी लाई पैदल गस्ती परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताएका छन् ।
उनले सीमामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले पैदल गस्ती गर्नुको साथै ग्रामीण क्षेत्रका सर्वसाधरणमा जनचेतना समेत फैलाउने कार्य समेत गरिरहेको बताउदै सिरहाको भारतसँग ४७ किलोमीटर सीमामा एक जवानले अर्को जवानलाई देख्ने गरी सीमामा सशस्त्र प्रहरीलाई खटाइएको बताएका छन् ।
जिल्लाका सीमामा ३४ वटा स्थायी प्वाइन्ट राखि मातहातका सबै युनिटले आ–आफ्नो क्षेत्र कभर गर्ने गरी २४ सौ घण्टा गस्ती गर्दै भारतसँग जोडिएको खोला, खेतदेखि गल्ली सम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी पनि गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रमुख एसपी प्रबिन कंडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया