उदयपुर । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका दिवस विश्वकर्माको भौतिक शरिर अन्य मानिसहरुको भन्दा फरक छ । उनि जन्मदै त्यस्तो अवस्थामा जन्मिएको हो । उनको देब्रे खुट्टा छोटो हुनुका साथै कुर्कुचा र घुडाको बिच भागमा हड्डी जोडिएको छैन । उ अहिले १० बर्षको भएको छ । डिडडुल गर्न सक्दैन स्कुल जाने रहर भएपनि जान सकेको छैन् । बाहिर दिशापिशा पनि अरुले नै लग्नु पर्ने हुन्छ ।
विपन्न परिवारमा जन्मिएका विकलाई हिड्डुल गर्न बैशाखीको साहारा लिनु पर्छ उनको शरिरको सहजताका लागि आवश्यकता थुप्रै सामाग्रीहरु छैन् । उ शारिरिक अपाङ्गगताकै कारण पनि उसलाई अन्य व्यक्तिहरु भन्दा बढी साधनहरु आवश्यक परेता पनि उसलाई त्यो साधनहरु जुटाउन समेत आर्थिक छैन् ।
नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता भनेर अपाङ्गगता भएको कुनै पनि व्यक्तिहरुलाई छुटाएको छ । तर त्यो सामाजिक सुरक्षा भत्ता अहिले सम्म विकले नपाएको गुनासो छ । यस अघि जिल्ला अपाङ्ग महासंघ, जिल्ला महिला तथा बालबालिका कार्यलय उदयपुर, र साबिकको नामेटार गाउँ विकास समिति र हालको रौतामाई गाउँपालिकाको माझखर्कमा बिभिन्न समयमा शिविर सन्चालन हुँदा पनि विकको भने परिचय पत्र नै बन्न सकेन ।
यसमा सरोकारवालाहरु र सम्बन्धित निकायहरुकै कमजोरी र वेवस्ताको कारण पनि उनको अहिले सम्म परिचय पत्र बन्न नसकेको आमा सुजता विश्वकर्माले बताईन । उनले यस्तो व्यक्तिहरुलाई खोजी खोजी सरकार र सम्बन्धित पक्ष आफैले सहयोग गर्नु पर्नेमा आफुहरु यस्तो अशक्तलाई लिएर जाँदा पनि समस्याको सामाधान हुन नसकेको गुनासो गरिन ।
उनले गाउँमा सामान्य समस्या भएका ब्याक्तिहरु नेपाल सरकारले उपलब्ध गराउने सेवा सुबिधा पाएको र आफ्नो छोराको यस्तो अबस्था हुदा पनि कुनै सेवा सुबिधा नपाएकोमा आपत्ति जनाईन् । पहुँचले मात्रै राहत र भत्ता पाउने रहेछन् उनले थपिन आफुहरु अशक्त त्यसैमाथी गरिब कसरी पाउनु परिचयपत्र आमा सुजताले भनिन् । छोराको भविश्य लागि आश्यक सहयोग गरि दिन बालबालिकाको क्षेत्रमा काम गरिरहेका संघ संस्था ,मानव अधिकार, स्थानीय सरकारलाई आग्रह समेत गरेको तर, मेरो गुनासो कसैले सुनेनन् ।
अपाङ्गता बालकको बिषयमा लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केसर कुमार खड्काले बालकको अवस्था हेर्दा दयनिय अवस्था भएको हुँदा नेपाल सरकारको नियम अनुसार वडाको तर्फबाट पहल गरि चाँडै परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।









