उदयपुर । उदयपुरमा लकडाउनको अवज्ञा गर्ने सवारी साधनलाई नयाँ कारवाही प्रक्रिाय स्वरुप प्रहरीले हावा खोलिदिएका छन् । चौथो दिन शुक्रबारबाट लकडाउन अवज्ञा गर्ने केही मोटरसाईकलको प्रहरीले हावा खोलिदिएको हो ।
निरन्तर कडाई गर्दा पनि अटेर गरि चलाएको पाइएपछि सवारी साधनकौ सवै चक्काको हावा खोलिदिएको प्रहरीले जनाएको छ । प्रहरीले हावा खोलेर गुड्न नसक्ने अबस्थामा जहाको तहि छाडिदिने गरेको छ । नियन्त्रण र कारवाहिले मात्र नभएपछि नयाँ कारवाहीस्वरुप हावा खालिदिएको प्रहरीको भनाई छ ।
चौथो दिन प्रहरीले एक स्कुटिसहित ७ मोटरसाईकलको हावा खालिदिएको छ । साथै ४ साईकल, १ ट्याक्टर गरि पाँच सवारी साधन नियन्त्रणमा परेका थिए भने ५ वटा मोटरसाईकलको चावी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढा मगरले बताए । लकडाउनको पालना र कोरोना भाइरस संक्रमणप्रतिको सचेतना बढेसंगै सवारी साधन कारवाहीमा कमी आएको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया