उदयपुर । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत व्यारेकमा
कटारी नगरपालिका १ बेलस्रोत स्थित नेपाली सेनाको रणशार्दुल गणको ब्यारेकमा बिहिबार थप ६ जनालाई करेन्टाइनमा राखिएको छ । रोजगारको शिलशिलामा झापा नाका हुदै भारतको शिलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष र तीन महिलालाई करेन्टाइनमा राखिएको सुरक्षा स्रोतले जनाएको छ ।
बुधबार पहिलो लटमा २१ जना आएको मध्ये १ जनालाई कटारी अस्पतालमा आइसोलेसनमा छ भने २० जनालाई करेन्टाइनमा राखिएको थियो । दोस्रो लटमा आएको थप ६ जना गरी २६ जना क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ । झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उनिहरुलाई कटारीको वेलस्रोतको क्वारेन्टाईनमा ल्याइएको हो । १४ दिन सम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण स्वास्थ्यलाई घर पठाउने र विचमा संक्रमणको लक्षण देखापरे उपचारमा लाने स्रोतले बताएको छ ।









