सप्तरी । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले मंगलबारदेखि लागू गरेको लकडाउन नटेरी स्थानीय जनता घरबाहिर निस्किन थालेपछि सप्तरीका चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ।
जनशक्तिको अभाव भएपछि गस्तीको लागि नेपाली सेनाको सहयोग लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
उनका अनुसार सेनालाई गस्तीमा बिना हतियार खटाइएको छ। ठाकुरले भने, ‘अहिले सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमाननगरमा सेना खटाइएको छ । हनुमाननगरको टोलीलाई हनुमान नगरबाट कञ्चनपुर पठाइएको छ । केही समयमा त्यहाँ टोली पुग्छ ।’
सरकारले चैत १८ गते सम्म देशभर लकडाउन गरेको छ।









