उदयपुर । उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट अन्तर्गतका सम्पूर्ण हाट बजार, उद्योग तथा पसल चैत्र २१ गतेसम्म बन्द निर्देशन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा अत्यावश्क बस्तुहरु जस्तै माक्स, सेनिटाईजर, खाद्यन्न, औषधि, ग्यास लगायतका पेट्रोलियम पदार्थहरु चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म दैनिक बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा प्रदान गर्न व्यवसायीलाई अनुरोध गरेको छ । विज्ञप्तीमा अत्यावश्यक बस्तु तथा सेवाहरुको पारदर्शी एवं प्रभावकारी ढंगबाट सेवा प्रदान गर्न आग्रह गरेको छ भने अत्यावश्क सामाग्रीहरुको कृतिम अभाव सृजना गरी सम्बन्धित निकाययबाट नियमित बजार अनुगमनका क्रममा कृत्तिम अभाव सृजना वा सो कुरा गरिएको पाइएमा वा भेटिएमा स्वयं सजायको भागिदार हुनु पर्ने जनाएको छ ।
कोरोना भाइरसको कारण व्यापार व्यवसायउ द्योगमा मन्दीका कारण हुन गएको क्षतिलाई ध्यानमा राखि उद्योग व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तिय संस्थाको ऋणको व्याज मिनाहा, चैत्र मसान्तसम्म तिर्नुपर्ने करको अवधि ३ महिना थप र घर भाडा मिनाहा गर्न गराउन नेपाल सरकार तथा सम्बन्धित निकायहरुलाई जोडदार माग गर्ने विज्ञप्तीमा जनाएको छ । आवश्यक परेको खण्डमा क्वारेन्टाइन रुम प्रयोजनका लागि त्रियुगा उद्योग वाणिज्य संघको भवन समेत प्रयोग गर्न सक्ने विज्ञप्तीमा जनाएको छ ।
यस्तै उदयपुर मोवाइल व्यवसायी संघले चैत्र २१ गतेसम्मका लागि सम्पूर्ण मोबाइल पसल बन्द गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासचिव भुवन राउतद्वारा जारी अनुरोधमा कोरोना भाइरसबाट बच्न सरकारले चालेको कदमलाई आत्मासात गर्दै संक्रमित हुनबाट बच्न मोबाइल पसल बन्द गर्न अनुरोध गरेको हो ।
प्रेस विज्ञप्ती

 

तपाईको प्रतिक्रिया