काठमाडौं । हिरा लुट्ने तीन प्रहरी र एक पत्रकार मकमानपुरमा पक्राउ परेका छन्।
मकवानपुरको पालुङमा सोमबार राति एक महिलाको हिरा लुटेर काठमाडौं फर्कंदै गर्दा इलाका प्रहरी कार्यालय पालुङको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत असई सुरेन बस्याल, प्रहरी जवान वीरबहादुर बस्नेत, हेमकान्त मगर र पत्रकार सरोज आचार्य रहेका छन्।
अफ ड्यूटी भएको बेला उनीहरू मकवानपुर गएर लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया