उदयपुर । उदयपुरमा वन मुद्दामा फरार दुई प्रतिवादी राति ९ः३० बजे पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने २८ वर्षिय अनिल चौधरी र अर्का सोही वडाका ५१ वर्षिय दुखिलाल चौधरी पक्राउ परेको छ ।
जिल्ला अदालत उदयपुरले वन मुद्दामा आरोप ठहर गरी अनिल चौधरीको हकमा ६ महिना कैद र २३ हजार जरिवाना र दुखिलाल चौधरीको ५ महिना ६ दिन कैद फैसला गरेको छ । उनीहरुलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरेको छ ।

तपाईको प्रतिक्रिया