उदयपुर । उदयपुरमा अवैध गाँजा सहित एक जना पक्राउ परेको छ । शनिबार राति ८ः३० बजेको समयमा बेलका नगरपालिका ८ स्थित दिवाजोरबाट अवैध गाँजासहित भोजपुर हतुवागडी गाउँपालिका ७ बस्ने २२ वर्षिय जयप्रकाश राई पक्राउ परेको छ । बेलका नगरपालिका ७ मैनामैनीबाट कोठुतर्फ आईरहेको को.१२ प ७१०३ नम्बरको मोटर साइकल चेकजाँचको क्रममा राईको साथबाट २ पन लागूऔषध जाँगासहित रामपुर प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया