उदयपुर । उदयपुरमा शनिबार साँझ ६ः४५ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउदै गरेको स १ ज ५०३ नम्बरको विङगरलाई चेकजाँच गर्नेक्रममा उदयपुरगढी गाउँपालिका २ का १८ वर्षिय बिप्लप तामाङ पक्राउ परेको हो । उनको साथबा १३० पिस नाईट्रोभेट ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया