उदयपुर /१३ वर्षिय बालिका एल्जिना खड्काको छ दिन अघि सामुहिक बलात्कारपछि हत्यामा संलग्न दुई जनालाई प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । एल्जिनालाई एउटै कक्षामा पढ्ने आफनै साथीहरुले सामूहिक बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै बिहीबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो ।
उदयपुरको रौतामाई गाउँपालिका– ३ लाफागाउँस्थित जनता माध्यामिक बिद्यालय रसुवा लाफागाउँका कक्षा ९ अध्ययनरत बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको थियो । सोही बिद्यालयका कक्षा ९ मा अध्ययनरत सहपाठी १५ वर्षिय किशोर दिपे भन्ने दिपेन्द्र राई र १७ वर्षिय रुजन भन्ने पदमवीर राईले सामुहिक बलात्कार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संलग्नहरुको पहिचान भएपछि बालिकाको आफन्तले बुधवार शब जिम्मा लिई दाह संस्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक ( एसपी ) चन्द्रदेव राईले जानकारी दिए । सामुहिक बलात्कार गरि हत्या गरेको खुलेको छ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘दुई बालकद्वारा बालिकाकै बलात्कारपछि हत्या भएको अनुसन्धानबाट देखिन्छ ।
लाफागाउँको अमला भञ्याङको जंगलमा छ दिन अघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कारपछि हत्यारा भएको घटना स्थलको प्रकृति लास जाँच मुजुल्का र शब परिक्षण प्रतिवेदनले पुष्टी गरेको प्रहरीले जनाएको छ ।


सामूहिक बलात्कारपछि हत्या घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले रहस्यमय तरिकाले बलात्कारपछि एल्जिनाको हत्या गरेको छ । बाख्रा चराउन एल्जिना गएकी रहेछिन डिएसपी रानाभाटले भने, ‘उमेरले बालक मानिने १५ वर्षीय र १७ वर्षीय राईद्धयले शिकार खेल्न आउँदा घट्ना घटाएको देखिन्छ । शिकार खेल्न जाने दुई बालकले बाख्रा चराउन गएकी एउटै कक्षामा पढ्ने एउटै गाउँमा बस्ने एल्जिना माथि अपराध गरेको स्वीकार गरेको पत्रकार सम्मेलनमा डिएसपी राभनाभाटले जानकारी दिए । बालक शिकार जाँदा कसैले नदेख्ने जंगलमा बालिका बाख्रा चराउँदै देखेपछि दुई बालकले आक्रमण गरेको देखिन्छ,’ पुन रानाभाटले भने, ‘त्यही क्रममा घटना घटेको घट्ना स्थलमा पुग्दा र पक्राउ परेकाहरुबाट लिएको बयान उल्लेख गरिएको छ ।
मृतक एल्जिनाका बुबा दुर्गाबहादुर खड्का भन्छन अपराधमा संलग्न बालकद्धयलाई मृत्यु दण्डको सजाय हुनु पर्ने माग गरे ( मृत्यु दण्ड नभए आजीवन जन्मकैद होस पत्रकार सम्मेलनमै पुगेका मृतका बुबा खड्काले अपराधीलाई आजीवन जन्मकैद हुनुपर्ने माग राखेका हुन । ‘मृत्यु दण्ड हुने व्यवस्था छैन रे,’ पत्रकरहरुसँग कुरा गर्दै उनले भने, ‘बालक नै हुन भनेर प्रहरीले कारबाही कम गर्ने हो की भन्ने चिन्ता छ उनलाई । बालकद्वारा बलात्कारपछि बालिकाको हत्या भएको उदयपुरमा यो पहिलो घट्ना हो । एउटै कक्षामा पढ्ने र सँगै खेल्ने साथीले बलात्कारपछि हत्या गरेकाले छोरी चेली सुरक्षित नरहेकाले एल्जिनाको बुवाको गुनासो छ । मेरो छोरीलाई साथीहरुले बलात्कारपछि हत्या गरे,’ उनले भने, ‘कडा कारवाही गरिएन भने यस्ता घट्ना पुन दोहोरिन्छ, बालक भनेर उन्मुक्ति दिनु हुदैनन् ।
गएको २४ गते घरबाट बाख्रा चराउन घरबाट गएकी एल्जिना २५ गते मृत फेला परेकी थिइन् । त्यसपछि परिवारले प्रहरीलाई खवर गरेका थिए । ‘२५ गते बेलुका घट्नास्थल पुगेको प्रहरीले तालिम प्राप्त कुकुरी समेत लगेर अनुसन्धान गरिएको थियो एसपी राईले भने, ‘घटनास्थलको अनुसान्धान २६ गते शव सहित शंकास्पद ५ जना ल्यायौँ, पछि एकजना ल्याएर ६ पु¥यायौँ, अनि चार छाडेर २ रहेको पुष्टि गरेका हौँ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाट र उदयपुर अस्पतालका मेडिकल अधिकृत विजय मेहता सहितको अनुसन्धान टोलीले बालिकाको शव बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरि ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा अनुसन्धानका क्रममा ल्याईएका ६ जना मध्ये ४ जनालाई सोधपुछ पछि छाडिएको छ भने २ जनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कसैसंग झगडा नगर्ने मिलनसार एल्जिना
सहपाठीहरुका अनुसार पढाईमा मध्यमस्तरकी एल्जीना कक्षामा सबैसँग मिल्ने स्वभावकी थिइन्। केटाहरूसँग काम पर्दा मात्र बोल्ने स्वभावकी उनी आफ्नै साथी दीपेन्द्रले ज्यान लिन्छ भन्ने थाहा भएको भए बादविवाद र झैझगडा गर्थिहोलिन्। तर, उनीहरूबीच त्यस्तै कुनै बातविवाद भएको थाहा नभएको बाल्यकालदेखिसँगै पढ्दै आएकी सविता तामाङ बताउँछिन्।

कक्षामा ४ रोल नं. की सविताका अनुसार एल्जीनाको रोल नं. १९ हो। कक्षाका ३८ विद्यार्थीमध्ये दीपेन्द्र पढाईमा ठिकठिकै थिए। ‘एल्जीना सोझी थिइ, दीपेन्द्र पनि सोझै स्वभावको हो, एल्जीना र उबीच झगडा भएको पनि कहिल्यै देखेको छैन’ अन्तरंग साथी गुमाउँदाको पीडाले भावविह्वल सविताले भनिन् ‘त्यस्तो हुन्छ भनेर सपनामा पनि सोँचेको थिइँन, अचम्म लागेको छ।’

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खिलराज राईका अनुसार यो घट्नापछि लाफागाउँबासीमा ठूलो त्रास सिर्जना भएको छ। उनका अनुसार दिनदहाडै यस्ती कलिली बालिकाको बलात्कारपछि विभत्स हत्या हुनुले सिंगो विद्यालय परिवार शोकमग्न हुन पुगेको छ भने विद्यार्थीहरु स्कुल आउन मानिरहेका छैनन्। ‘कन्चनपुरकी निर्मला पन्तको घट्ना सुनेर अचम्म लागेको थियो’ राईले भने ‘अहिले त आफ्नाे घरछेउमै पो आइपुग्यो, किशोर किशोरीमा मानवीय समवेदना जगाउने नैतिक शिक्षाको खाँचो देखियो।’

भर्खरै १३ लागेकी छोरीलाई तिहार राम्ररी नबिताई कहिल्यै नफर्कनेगरी विदा दिनुपर्दा दुर्गाबहादुर खड्काको परिवार अद्र्धमुर्छित छ। खड्का परिवार मात्र होइन सिंगो अमला र लाफागाउँ शोक र क्रोधमा डुबेको छ। छिमेककका बालिकाहरू दिउँसो पनि बाहिरिन डराउन थालेका छन् भने अभिभावक पनि त्रसित बनेको वडाध्यक्ष दुर्गाराज खड्काले बताए। ‘अत्यन्त नराम्रो घट्ना घट्यो, यसले समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएको छ’ वडाध्यक्ष खड्काले भने ‘युवाहरूमा नैतिक शिक्षा र किशोर किशोरीलक्षित सामाजिक अभियान चलाउनु पर्ने देखियो।’

तपाईको प्रतिक्रिया