बेलटार / उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित ‘चौदण्डीगढी प्रथम मेयरकप रनिङ सिल्ड फुटबल प्रतियोगिता ०७५’ आईतबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ नगरस्तरीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाईनलमा ७ नं. वडा समूह विजयी भएको छ ।
नगरपालिकाको ७ नं. वडा बेलटार डाँडागाउँस्थित खेलमैदानमा कात्तिक १२ गतेदेखि सुरु मेयरकप प्रतियोगितामा १० नं. वडा समितिलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ७ नं. समूह विजयी भएको हो । प्रतियोगितामा ७ नं. वडाका टिम क्याप्टेन शरद राईले ह्याट्रिक गर्दै टिमलाई विजयी गराएका हुन् ।
खेल सुरु भएको १२ औं मिनटमा पहिलो गोल गरेर राईले आप्mटो टिमलाई विजयी यात्रातर्फ अघि बढाएका थिए । सुरुदेखि नै १० नं. वडा टिमलाई दवावमा राख्दै अघि बढेको प्रतियोगिताको मध्यान्तरपछि खेल सुरु भएको २० आंै र ३० औ मिनेटमा राईले नै २ गोल थप्न सफल भए । उनको ह्याट्रिकसँगै खेलको अन्तिम चरणमा अर्का खेलाडी निशान राईले ३९ मिनेटमा १ गोल थपेर गोलसंख्या ४ पु¥याए पनि विपक्षी १० को टर्फबाट कुनै गोल हुन सकेन ।
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खगेन्द्र राईले ५० हजार नगद, सिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरे । उपप्रमुख रीताकुमारी चौधरी, कांग्रेस नेता भोजराज खतिवडा, नेकपाका नेताहरु बासु किराती, शम्भु पौडेललगायत अन्य अतिथिहरुले उपविजेता १० नं. समूहलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रममा खेल प्रशिक्षकहरु शसी थापामगर, माधव लिम्बु र सन्दिप राउत तथा व्यवस्थापन टिमका खेलाडीहरुलाई पनि प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । प्रतियोगितामा सहयोग गर्ने बिभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई पनि कार्यक्रममा मायाको चिनो र प्रसंसापत्र प्रदान गरिएको थियो ।
विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी मेयर राईले खेलकुदको माध्यामबाट नगरपालिकाका युवाहरुलाई अनुशासित, सभ्य र गतिसिल बनाउदै अघ बढाउने नीति अनुसार स्थानीय सरकारले मेयरकप, गोल्डकपलगायत बिभिन्न किसिमका खेलकुदका गतिबिधि सञ्चालन गर्ने योजना बनाएको बताए । बेरोजगारी र अशिक्षाको नाममा विदेश पलायन हुन र लागूपदार्थ दुव्र्यसनमा लाग्न बाध्य भईरहेको भन्दै उनले खेलकुदको माध्यामबाट उनीहरुलाई सही दिसा निर्देश गराउँदै देशको समृद्धिमा सहभागी गराउनु आवश्यक रहेको मेयर राईको भनाई थियो ।
नगरपालिकाको ५ लाख सहयोगमा स्थानीय खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको आयोजक समिति अध्यक्ष शसीचन्द्र राईले जानकारी दिएका छन् । उनका अनुसार आगामी वर्षहरुमा पनि मेयरकप रनिङ सिल्ड प्रतियोगितालाई निरन्तरता दिदै लगिनेछ । यो प्रथम रनिङ सिल्ड प्रतियोगिता भएको र आगामी वर्षदेखि दोस्रो, तेस्रो गर्दै वर्षेनी नियमित प्रतियोगिता गर्दै लानेगरी नगरपालिकासँगको सहकार्यमा समितिले व्यवस्थापन मिलाउने छ ।
प्रतियोगितामा विजेता र उपविजेता टिमबाट छनौट गरेर २८ जना खेलाडीलाई आउँदो माघमा हुन गईरहेको ‘चौदण्डीगढी गोल्डकप प्रतियोगिता’मा सहभागी गराइने आयोजक समिति सदस्य देवराज राईले बताएका छन् । उनका अनुसार त्यसका लागि छानिएका खेलाडीहरुलाई केही दिनपछि नै बन्दशेसनमा राखेर तालिम दिन थाल्ने कार्यक्रम समितिले बनाएको छ ।

तपाईको प्रतिक्रिया