उदयपुर।उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति घरायसी विवादका क्रममा ५८ वर्षीय गन्दु राम राईले ४५ वर्षीया श्रीमती बिमला राईमाथि हँसिया प्रहार गरेका थिए।
घाइते बिमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिए पनि चिकित्सकले राति १ः१५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि गन्दु राम आफैँ प्रहरी चौकीमा पुगेर जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।









