उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका १५ जनता माध्यमिक विद्यालय रानीबासमा पढाउने शिक्षकको चट्याङ लागेर मृत्यु भएको छ । रानीबासमा पढाउने शिक्षक सप्तरीको राजगढ गाउँपालिका–२ बेल्ही चपेना निवासी ४६ वर्षिय केसी साहको विहान पानीसँगै परेको चट्याङले मृत्यु भएको हो । चट्याङले घाइते शिक्षकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जनता माध्यमिक विद्यालय रानीबासमा मावि शिक्षक रहेको सहकर्मी नरेन्द्रकुमार लालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया