उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्ता स्थित रक्साहा सामुदायिक वनमा विहिबार बेवारिसे लाश फेला परेको छ ।
अन्दाजी ५५–६० वर्षिय तराई मुलको जस्तो देखिने पहिरन भएको पुरुषको शव फेला परेको छ । मृतक करिव ८ दिन अगाडीको देखिने सेतो कमिज र सेतो धोती लगाएको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान नभएको कानूनी प्रक्रिया पुरागरी पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।









